डडेल्धुरा। नेपाली कांग्रेसकाकेन्द्रीय सदस्य नैनसिंह महरले जनतामा छाएको निरासालाई आशामा बदल्न सरकार जनअपेक्षाअनुसार चल्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस डडेल्धुराले शुक्रवार आयोजना गरेको कार्यक्रममा नेता महरले सय दिने अवधिमा गरेका कामको समीक्षा गर्दै संसद्का दुई ठूला पार्टी मिलेर बनेको सरकारको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
पार्टी शिक्षा विभाग प्रमुखसमेत रहनुभएकाकांग्रेसनेता महरले संविधानमा लेखिएको निःशुल्क स्वास्थ र शिक्षा प्राप्त गर्ने जनताको हक कार्यान्वयन गराउन देशका एक सय ६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले मङ्सिर पहिलो हप्तादेखिविमर्श अभियान सुरु गर्ने जानकारीसमेत दिनुभयो ।
प्रतिक्रिया