

वीरगञ्ज । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले अन्य लोकतान्त्रिक मुलुकमा जस्तै नेपालमा पनि अग्रिम जमानतको कानुन प्रबन्ध गर्न लागेको बताउनुभएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४९औं वार्षिक साधारणसभाको बुधवार उद्घाटन गर्दै मन्त्री चौरसियाले अग्रिम जमानतको कानुनी प्रबन्ध गर्नका लागि आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो । अग्रिम जमानतको कानुनले आर्थिक अपराध गर्नेलाई कैद सजायभन्दा पनि आर्थिक जरिवाना लगायत पक्षलाई समेट्नेगरी बनाइने उहाँको भनाइ छ ।
“प्रतिनिधिसभा र राष्ट्रियसभाबाट सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश हालसालै स्वीकृत भइसकेको छ”, मन्त्री चौरसियाले भन्नुभयो, “सो ऐनले पनि मुलुकको खस्किएको अर्थतन्त्रलाई उकास्ने अपेक्षा राखेका छौँ ।”
प्रतिक्रिया