

सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यी तीन विमानस्थल विस्तारका लागि थप बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयसँग प्रस्ताव गरेको छ । मन्त्रालयका शाखा अधिृकत प्रकाश पोखरेलका अनुसार विमानस्थल विस्तारका लागि अर्थ मन्त्रालयलाई स्रोत सुनिश्चितता गरिदिन अनुरोधसहित प्रस्ताव गरिएको छ ।
तीनवटै विमानस्थल विस्तारका क्रममा आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि नागरिक उड्डयन प्राधिकरणबाट सिफारिस भएबमोजिम फागुन १५ गते बसेको मन्त्रिस्तरीय बैठकले स्रोत सुनिश्चितता गर्ने निर्णय गरेको छ ।
सुर्खेत विमानस्थल जग्गा अधिग्रहणका लागि १० अर्ब रुपैयाँ लागत अनुमान गरिएकामा १० करोड विनियोजन र ४ अर्ब ९० करोड स्रोत सुनिश्चितताका लागि माग गरिएको मन्त्रालयका शाखा अधिृकत पोखरेलले जानकारी दिनुभयो ।
शाखा अधिृकत पोखरेलका अनुसार जुम्ला विमानस्थलको जग्गा अधिग्रहण गर्न १अर्ब लागत अनुमान गरिएकामा १० करोड रकम विनियोजन र ४० करोड स्रोत सुनिश्चितताका लागि माग गरिएको छ ।
अहिले सुर्खेत-काठमाडौँ, काठमाडौँ-सुर्खेत दैनिक ४ वटा उडानमात्र हुने गरेका छन् । माथिल्लो कर्णाली उड्ने जहाज देखिन छाडेका छन् । रासस
प्रतिक्रिया