logo
२ चैत्र २०८१, शनिबार

कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रम

कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रम

सङ्घीय सरकारले कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि कर्णालीका २१ पालिका छनोट गरी बजेट पठाएको छ ।

कर्णालीका मुगु, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, रुकुम पश्चिम, जाजरकोट जिल्लाका २१ पालिका छनोट गरेर बजेट पठाएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

सहसचिव पराजुलीका अनुसार उच्च पहाडी एवम् हिमाली क्षेत्र स्वरोजगार तथा आर्थिक, सामाजिक सशक्तीकरण कार्यक्रम सञ्चालन गर्न २१ स्थानीय तहले बजेट पाएका हुन् । सङ्घीय सरकारबाट प्राप्त उक्त बजेटलाई स्थानीय तहले छनोट गरेका पूर्वाधार, उद्यमशीलतादेखि सीप विकासका कार्यक्रममा खर्च गर्ने सर्तहरू तोकिएको उहाँले बताउनुभयो ।

त्यस्तै स्थानीय तहले छनोट गरेका कृषि, पशुपालनसँगै पर्यटनका क्षेत्रमासमेत खर्च गर्ने उद्देश्य राखिएको छ । मन्त्रालयले उच्च पहाडी तथा हिमाली क्षेत्रमा स्वरोजगार तथा आर्थिक, सामाजिक सशक्तीकरण कार्यक्रम सञ्चालन कार्यविधि, २०८१ मा भएको व्यवस्थाबमोजिम चालु आर्थिक वर्षमा कार्यक्रम सञ्चालन गर्न बजेट उपलब्ध गराउने गरी छनोट भएका आयोजना-कार्यक्रम तथा बजेटसहित स्थानीय तहको सूची सार्वजनिक गरेको छ ।

TOP