

बुटवल । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले तीनै तहका सरकारलाई अधिकारसम्पन्न बनाउन आवश्यक रहेकाले सोहीअनुसार सरकार लागिरहेको बताउनुभएको छ ।
सङ्घीयताको मूल भावनाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहलाई पूर्ण अधिकार सम्पन्न बनाउन सरकारले संविधानअनुसार कानुन बनाएर काम गरिरहेको उहाँले बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाको ६६औँ स्थापना दिवस मूल समारोह कार्यक्रममा शनिवार उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरताका लागि संसद्का दुई ठूला दल मिलेर बनेको सरकारले जनतामा बढेको निराशा हटाउँदै देश विकासका लागि काम गरिरहेको उल्लेख गर्नुभयो ।
बुटवल पहिलेबाटै आर्थिक गतिविधिको केन्द्रका रूपका रहेको भन्दै उपप्रधानमन्त्री सिंहले अब आर्थिक गतिविधिका साथै बुद्ध जन्मस्थल लुम्बिनीदेखि मुक्तिनाथसम्म जोडेर धार्मिक सर्किट बनाउन सकिने बताउनुभयो ।
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलको विकास र समृद्धिका लागि सबैबाट सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
प्रतिक्रिया