logo
२४ माघ २०८१, बिहीबार

कर्णाली भूकम्पको उच्च जोखिममा : मुख्यमन्त्री कँडेल

कर्णाली भूकम्पको उच्च जोखिममा : मुख्यमन्त्री कँडेल

सुर्खेत ।  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेश भूकम्पको उच्च जोखिममा रहेको बताउनुभएको छ ।

कर्णाली प्रदेश सरकारले बुधवार वीरेन्द्रनगरमा आयोजना गरेको २७औँ भूकम्प सुरक्षा दिवस  कार्यक्रममा  मुख्यमन्त्री कँडेलले विभिन्न तथ्याङ्कले कर्णाली प्रदेश भूकम्पीय उच्च जोखिममा रहेको बताउनुभएको हो ।

जाजरकोट भूकम्पका प्रभावितको पुनःनिर्माणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । मुख्यमन्त्री कँडेलले विकास साझेदारहरु एक्लाएक्लै हिँड्न रमाउने गरेको टिप्पणी गर्दै सरकारसँगै हिँड्न सुझाउनुभयो ।

सो कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चूडामणि पौडेलले भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले कर्णाली भूकम्पको उच्च जोखिममा भएकाले सधैँ सतर्क रहनुपर्ने बताउनुभयो । रासस

ताजा अपडेट
TOP