logo
१० माघ २०८१, बिहीबार

बाढीबाट क्षति भएको नख्खु पुल मर्मत नहुँदा यात्रु मर्कामा

बाढीबाट क्षति भएको नख्खु पुल मर्मत नहुँदा यात्रु मर्कामा

ललितपुर । बाढीबाट क्षति पुगेको ललितपुर महानगरपालिका-१४ को नख्खुडोल र वडा नं १५ को सैँवु जोड्ने नख्खु खोलाको पुल मर्मत नहुँदा स्थानीयहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

गत असोज १२ गते आएको बाढीले उक् पुल क्षतिग्रस्त बनेको थियो । बाढीले भ्वाङ पारेको पुल फलामको सहायताले दुई पाङ्ग्रे सवारी गुड्न सक्ने गरी अस्थायीरुपमा एकतर्फी सञ्चालनमा ल्याइएको छ ।

ललितपुर महानगरपालिका-२५ का स्थानीय उमेश थापाले नख्खुडोल पुल भत्केपछि करिब डेढ किलोमिटर पश्चिमतर्फको नख्खु पुल हुँदै यात्रा गर्नुपर्ने बाध्यता थपिएको बताउनुभयो । साँघुरो पुलमा अहिले प्रायःजसो दुईपाङ्ग्रे सवारी साधनको जाम हुने गरेको उहाँको भनाइ छ ।

ललितपुर महानगरपालिका-२५ का वडाध्यक्ष दौलतकुमार खत्रीका अनुसार पुल मर्मतका लागि ललितपुर महानगरपालिकाले ६७ लाख रुपैयाँ विनियोजन गरेको छ । पुल मर्मत चाँडै सुरु हुँदै छ ।

ललितपुर महानगरपालिका-१४ का वडाध्यक्ष अमृत महतले ठेक्का प्रक्रियामा केही ढिलाइ भएकाले पुल मर्मतमा विलम्ब भएको स्वीकार गर्नुभयो । अहिले अस्थायी रुपमा मोटरसाइकल आवातजावत गर्न मिल्नेगरी मर्मत गरिएको उहाँले बताउनुभएको छ । रासस

TOP