logo
१० माघ २०८१, बिहीबार

बैंकको लिलामीको विरोधमा लहानका स्थानीय आन्दोलित

बैंकको लिलामीको विरोधमा लहानका स्थानीय आन्दोलित

लहान । सिरहा जिल्लामा रहेको कृषि विकास बैंक लहान शाखाले करोडौँको जग्गा सस्तोमा लिलाम गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् ।

उनीहरूले बिहीबार घण्टौँसम्म सडकमा टायर बाली लहानस्थित पूर्वपश्चिम राजमार्ग नै अवरूद्ध पारेका थिए । आन्दोलनकारीले कृषि विकास बैंक कार्यालयमा ढुङ्गामुढा गरेका छन् ।

यस क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप पनि भएको छ । आन्दोलनकारीलाई तितरबितर बनाउन प्रहरीले १० राउन्ड अश्रुग्यास प्रहार र ४ राउन्ड हवाई फायर गर्नुपरेको सिरहा प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले बताउनुभयो ।

प्रहरी प्रवक्ता पासवानका अनुसार झडपमा १० जना बढी प्रहरी घाइते भएका छन् । आन्दोलनकारी तर्फ के-कति घाइते भए, त्यस्को यकिन भैसकको छैन  । केही आन्दोलनकारी पक्राउ परेका छन् ।

करिब ४ घंटा असामान्य बनेको स्थिति सामान्य भएपछि दिउँसोदेखि राजमार्ग सञ्चालनमा आएको सिरहा प्रहरी कार्यालयले जनाएको छ । रासस

TOP