सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमुन्त्री यामलाल कँडेलले धार्मिक कुरा अभियानबाट गर्न नहुने बताउनुभएको छ । धर्म अन्तरमनबाट मान्ने विषय भएको उहाँले बताउनुभएको हो ।
सुर्खेतको वीरेन्द्रनगरमा इसाइ समाज सुर्खेतले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री कँडेलले सबै धर्मको अभिभावक सरकार भएको बताउनुभयो । उहाँले कर्णाली सरकारले सबै धर्मलाई समान व्यवहार गर्ने विश्वास दिलाउनुभयो ।
मुख्यमन्त्री कँडेलले बुधबार इसाई समाज सुर्खेतद्वारा वीरेन्द्रनगरमा आयोजित ‘अंग्रेजी नयाँ वर्ष २०२५ तथा ख्रीष्टमस बडादिनको शुभकामना आदानप्रदान कार्यक्रम’मा इसाइ समाज सुर्खेतलाइ व्यवसायिकता जोड दिन आग्रह गर्नुभयो । धार्मिक अभियानमा व्यवसायका कुरा आउनुपर्ने उहाँको भनाइ थियो ।
नेपालमा नयाँ वर्ष दुइ पटक मनाइने कुराको स्मरण गर्दै इस्वीसम्बतलाइ जनावरी र विक्रम संवदलाइ वैशाखमा मनाउने गरेको उहाँले उल्लेख गर्नुभयो ।
सरकारले सबैलाइ समभावले हेरेको उहाँले बताउनुभयो । मुख्यमन्त्री कँडेलले टोलटोलमा भएका मण्डलीलाइ एकीकरण गरि फरक सन्देश दिन इसाइ समाज सुर्खेतलाइ आग्रह गर्नुभयो । एउटै चिजलाइ एक ठाउँमा राख्दा बजेट बिनियोजनमा सहज हुुने उहाँको भनाइ थियो ।
प्रतिक्रिया