logo
१० माघ २०८१, बिहीबार

‘पार्टीको सङ्गठनमा मुस्लिम समुदायको योगदान सराहनीय’

‘पार्टीको सङ्गठनमा मुस्लिम समुदायको योगदान सराहनीय’

इनरुवा । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको सङ्गठन विस्तारमा मुस्लिम समुदायको योगदान सराहनीय रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घको दोस्रो जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै उहाँले नेपाली कांग्रेसलाई स्थापनाकालदेखि यसको साङ्गठनिक सृदृढीकरणमा मुस्लिम समुदायले सघाएको बताउनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि गठन भएको दोहोर्याउँदै समाजका सबै पक्षका समस्या सम्बोधन गर्न संविधान संशोधनको विषयलाई आफ्नो पार्टीले अघि बढाएको बताउनुभयो ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, सुनसरी सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादलगायतको सहभागिता रहेको आयोजक समितिले जनाएको छ  ।

यसैबीच, सङ्घको कोशी प्रदेश समितिको सभापतिमा इस्राइल मन्सुरी सर्वसम्मत चयन हुनुभएको छ । समितिको उपसभापतिमा मोहम्मद महताब आलम, सचिवमा मोहम्मद बसिर मियाँ चुनिनुभएको छ । रासस

TOP