logo
७ माघ २०८१, सोमबार

अलपत्र ३३ आयोजनाका निर्माण व्यवसायीलाई अन्तिम मौका !

अलपत्र ३३ आयोजनाका निर्माण व्यवसायीलाई अन्तिम मौका !

 

सुर्खेत । लामो समयदेखि ठेक्का अलपत्र पार्दै आएका निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बोलाएर छलफल सुरू गरिएको छ ।

मन्त्रालयले अलपत्र परेका ठेक्काको पटकपटक म्याद थपे पनि समस्य समाधान नभएपछि मन्त्रालयमा निर्माण व्यवसायीसँग छलफल सुरू गरेको हो । मन्त्री शेरबहादुर बुढा, सचिव तथा अन्य अधिकारीको सहभागितामा निर्माण व्यवसायीलाई संयुक्त रूपमा राखेर समस्य र समाधानका उपायबारे छलफल सुरू गर्नुभएको छ ।

कर्णालीमा ३३ वटा ठूला आयोजनाहरू अलपत्र पर्दै आएका छन् । अधिकांश अलपत्र पारिएका ठेक्काको ४ पटकसम्म म्याद थप गरिएको पाइएको छ । अति जरूरी भएको ठाउँमा समेत ठेक्का लिएर निर्माण व्यवसायी सम्पर्कविहीन हुने गरेको जिल्लास्थित कार्यालय प्रमुखले गुनासो गर्दै आएका छन् ।

आयोजनाका अधिकारी तथा सरोकारवालाको गुनासोका आधारमा निर्माण व्यवसायीलाई मन्त्रालयमा बोलाएर अन्तिम पटक समय दिएर काम गर्न आग्रह गरिएको मन्त्री बुढाले बताउनुभयो । रासस

ताजा अपडेट
TOP