logo
७ माघ २०८१, सोमबार

प्रहरीद्वारा दुईवटा सरकारी जिपबाट ६ सय किलो गाँजा बरामद

प्रहरीद्वारा दुईवटा सरकारी जिपबाट ६ सय किलो गाँजा बरामद

धरान । प्रहरीले सुनसरीको धरानबाट मङ्गलबार राति ६ सय किलो गाँजा बरामद गरेको छ । धरान उपमहानगरपालिका-१३ शिवधाराबाट प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।

गाँजा बरामद गर्ने क्रममा प्रहरीले चार राउण्ड गोलीसमेत प्रहार गरेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिनुभयो । दुवै जिपलाई रोकेर जाँच गर्न खोज्दा चालक भाग्न खोजेपछि प्रहरीले गोली हानेर गाँजा बरामद गरेको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयले धरानमा बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार धनकुटाबाट धरानतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले बा१झ ५१२७ र बा१झ ४६०५ सरकारी नम्बर प्लेटका दुईवटा जिपलाई मङ्गलबार राति नियन्त्रणमा लिएको थियो ।

धनकुटाबाट गाँजा ल्याइँदै छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय भानुचोकबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो ।

गाँजा बरामद गर्ने क्रममा प्रहरीले मोरङको सुन्दरहरैचा–११ का ३६ वर्षीय श्यामकुमार विकलाई पक्राउ गरेको छ । उनलाइ इलाका प्रहरी कार्यलय धरानमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

ताजा अपडेट
TOP