धनगढी । सुदूरपश्चिम प्रदेशमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेस चार वडाध्यक्षमा विजयी भएको छ । कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा निर्विरोध निर्वाचित भएको हो ।
नेकपा एमाले एक गाउँपालिका उपाध्यक्षमा विजयी भएको छ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमाले की सुलोचनाकुमारी भण्डारी निर्वाचित हुनुभएको छ ।
यस उपनिर्वाचनमा कांग्रेस दार्चुला जिल्लाको दुहु गापा- ५, डोटीको पूर्वीचौकी गापा-६, बझाङ जिल्लाको सुर्मा गापा- ४ र कञ्चनपुरको भीमदत्तनगर नगरपालिका- ६ को वडाध्यक्ष पदमा निर्वाचित भएको छ ।
दुहुँ गाउँपालिका-५ मा कांग्रेसका धनसिंह कुँवर तीन सय ७६ मतसहित वडाध्यक्षमा विजयी हुनुभएको छ । पूर्वीचौकीमा कांग्रेसका मोहन थापा चार सय ६८ मत प्राप्त गरी वडाध्यक्षमा विजयी हुनुभएको छ ।
त्यस्तै सुर्मा-४ मा कांग्रेसका धीरेन्द्र पुजारा छ सय ५७ मतसहित विजयी हुनुभएको छ भने भीमदत्त नगरनगरपालिका-६ को वडाध्यक्षमा कांग्रेसका प्रकाश चन्द एक हजार एक सय सात मत प्राप्त गरी विजयी बन्नुभएको छ ।
यस उपनिर्वाचन अन्तर्गत नै कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसकी टीका चौधरी भूल निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशमा भएको उपनिर्वाचनमा संसद्को तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका साथै नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीको नतिजा शून्य भएको छ ।
प्रतिक्रिया