logo
७ माघ २०८१, सोमबार

पुथा उत्तरगङ्गाकाे उपाध्यक्षमा माओवादीकी बुढा विजयी

पुथा उत्तरगङ्गाकाे उपाध्यक्षमा माओवादीकी बुढा विजयी

सुर्खेत । रूकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा नेकपा (माओवादीको केन्द्र) की नरपुरा बुढा विजयी हुनुभएको छ ।

यही मङ्सिर १६ गते भएको उपनिर्वाचनमा एमाले-कांग्रेस गठबन्धनबाट उम्मेदवार बन्नुभएकी केशकुमारी तुलाचनलाई पछि पार्दै बुढा विजयी हुनुभएको हो ।

उपाध्यक्षमा निर्वाचित बुढाले तीन हजार छ सय २७ मत ल्याउँदा गठबन्धनबाट कांग्रेसको चुनाव चिह्नमा प्रतिस्पर्धा गर्नुभएकी एमालेकी केशकुमारी तुलाचन दुई हजार एक सय २८ मत प्राप्त गर्नुभयो ।

पुथा उत्तरगङ्गा गाउँपालिकाको २ नम्बर वडामा भने नेकपा (माओवादी केन्द्र) का जगत घर्ती यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

ताजा अपडेट
TOP