logo
१३ चैत्र २०८१, बुधबार

लिफ्ट प्रविधिमार्फत खोलाको पानी गाउँमा पुग्यो

लिफ्ट प्रविधिमार्फत खोलाको पानी गाउँमा पुग्यो

गुल्मी । मुसिकोट नगरपालिकामा लिफ्ट प्रविधिमार्फत खोलाको पानी दजाकोटमा गाउँमा पु¥याइएको छ । दुई करोड ४३ लाख ८८ हजार लागतमा खानेपानी आयोजना सम्पन्न भएको हो ।

पूर्वाधार साझेदारी विकास कार्यक्रम अन्तर्गत  ६५ लाख रुपैया , खानेपानी तथा सरसफाइ कार्यालय गुल्मीको ९७ लाख ४८ हजार, नेपाल विद्युत् प्राधिकरणमार्फत ४३ लाख ९० हजारका विद्युतीय सामग्री एवं स्थानीय जनश्रमदान ३७ लाख ५० हजार गरी कूल दुई करोड ४३ लाख ८८ हजार लागतमा उक्त आयोजना सम्पन्न भएको हो ।

‘एक घर एक धारा’ खानेपानी योजनामार्फत दजाकोटका एक सय २३ घरमा खानेपानी पुगेको भगलामगैरा दजाकोट लिफ्ट खानेपानी उपभोक्ता समूहका सचिव दिलबहादुर सोनारीले जानकारी दिनुभयो ।

गाउँमा खानेपानी नहुँदा स्थानीयहरुले विगतमा छल्दिखोला र ओलाङ्दीसम्म पुगेर पानीको जोहो गर्नुपर्ने अवस्था थियो । पुस्तौँदेखि खानेपानीको समस्या झेल्दै आएको गाउँमा लिफ्ट प्रविधिमार्फत खानेपानी पुगेपछि पानीको समस्या टरेको स्थानीयको भनाइ छ ।

ताजा अपडेट
TOP