logo
१३ चैत्र २०८१, बुधबार

आत्मरक्षा तालिमले आत्मविश्वास बढाउँछ : मन्त्री यादव

आत्मरक्षा तालिमले आत्मविश्वास बढाउँछ : मन्त्री यादव

वीरगञ्ज । खानेपानीमन्त्री प्रदीप यादवले आत्मरक्षा तालिमबाट किशोरीहरूमा आत्मविश्वास बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।वीरगञ्जका छात्राहरूको आत्मबल बढाउनका लागि वीरगञ्ज महानगरपालिकाद्वारा आदर्शनगरस्थित रङ्गशालामा आयोजित बृहत् आत्मरक्षा तालिम कार्यक्रममा बुधवार उहाँले तालिमबाट किशोरीमा आत्मविश्वास बढ्ने बताउनुभयो ।

मन्त्री यादवले भन्नुभयो, “आत्मरक्षा तालिमले किशोरीमा आत्मविश्वास र आत्मनिर्भरताको विकास गर्दै महिलाको सुरक्षामा सुधार ल्याउँछ।” उहाँले सहभागी सबै किशोरीहरूलाई तालिममा प्राप्त सीपलाई जीवनमा सकारात्मक तरिकाले प्रयोग गर्न सुझाव दिनुभयो ।

उक्त कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले छात्राहरूलाई दिएको तालिम सुरुआत मात्रै भएको बताउँदै अब वीरगञ्जका सामुदायिक तथा निजी विद्यालयमा प्रत्येक हप्ताको शुक्रबार आत्मरक्षाका लागि मार्शल आर्टसम्बन्धी तालिम दिइने बताउनुभयो ।

ताजा अपडेट
TOP