logo
४ माघ २०८१, शुक्रबार

सुदूरपश्चिमका स्थानीय तहका ६ पदमा उपनिर्वाचन हुँदै

सुदूरपश्चिमका स्थानीय तहका ६ पदमा उपनिर्वाचन हुँदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशकका रिक्त रहेका पालिका तहका छ पदमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ ।

रिक्त रहेको बाजुराको स्वामीकात्तिक खापर गाउँपालिका उपाध्यक्ष र कैलाली जिल्ला समन्वय समितिका संयोजकको उपनिर्वाचनद्वारा पदपूर्ति गरिँदै छ ।

यसैगरी रिक्त रहेको कञ्चनपुरको भीमदत्त नगरपालिका–६, डोटीको पूर्वीचौकी गाउँपालिका–६, बझाङको सुर्मा गाउपालिका–४ र दार्चुलाको दुहु गाउँपालिका–५ को वडाध्यक्ष पदका लागि पनि उपनिर्वाचन हुन लागेको प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेमदत्त भट्टले जानकारी दिनुभयो ।

उपनिर्वाचनका लागि यही कात्तिक २० गते सम्बन्धित पालिका तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न लागिएको छ ।

 

TOP