logo
बुधबार, २५ असार २०८२

कोशी प्रदेश सरकारले ल्यायो करिब ३६ अर्बको बजेट

कोशी प्रदेश सरकारले ल्यायो करिब ३६ अर्बको बजेट

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्ष २०८२/८३ का ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाको बजेट प्रस्तुत गर्नुभएको छ ।

कुल विनियोजन बजेटमध्ये चालुतर्फ  १८ अर्ब ६७ करोड ३३ लाख अर्थात् ५२ प्रतिशत, पुँजीगततर्फ  १७ अर्ब १० करोड ६५ लाख अर्थात् ४७ दशमलव ७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ  १० करोड अर्थात् शून्य दशमलव ३ प्रतिशत रहेको छ ।

कुल विनियोजनमा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ७० करोड ७२ लाख रहेको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड ६० लाख, सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८अर्ब ९८ करोड ३४ लाख हुने जनाइएको छ ।

साथै ससर्त अनुदानबाट ४अर्ब ५७ करोड १० लाख, समपूरक अनुदानबाट ३९ करोड १७ लाख र विशेष अनुदानबाट  ५५ करोड ७२ लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा  ३२ अर्ब ७४ करोड ९९ लाख र रोयल्टीबाट प्राप्त हुने रकमबाट  ३५ करोड ६ लाख खर्च व्यहोरिने उल्लेख गरिएको छ । बाँकी अपुग रकम नगद मौज्दातबाट ३अर्ब १३ करोड व्यहोरिने मन्त्री मगरले बजेटमार्फत जानकारी दिनुभएको छ । रासस

TOP