धनगढी । कैलालीको टिकापुरमा विमान परीक्षण उडान गरिएको छ । टिकापुर नगरपालिका वार्ड नं १ स्थित बसपार्क नजिकै रहेको टीकापुर विमानस्थलमा ३८ वर्षपछि विमान परीक्षण उडान गरिएको छ ।
आइतवार टीकापुर विमानस्थलमा नेपाल वायुसेवा निगमको 9N ABU नं र तारा एयरको 9N/AEV नं को विमान परीक्षण उडान गरिएको हो ।
संस्कृती पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री अरुणकुमार चौधरीले तिहार लगत्तै नियमित विमान सञ्चालन गरिने बताउनुभयो । राज्यमन्त्री चौधरीका अनुसार नियमित विमान सञ्चालन सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरूमा गरिनेछ ।
स्वर्गीय गृहमन्त्री खड्गबहादुर सिंहले वि सं २०४१ सालमा विमानस्थल सञ्चालनमा ल्याउनु भएको थियो । तीन वर्षसम्म नियमित सञ्चालनमा आएको विमानस्थल वि सं २०५२ पछिको द्वन्द्वकाल शुरू भएसँगै नियमित उडान सेवा रोकिएको थियो ।
झण्डै १८ बिघा जग्गामा निर्माण गरिएको उक्त विमानस्थलमा झण्डै चार दशक लाग्दै गर्दा उक्त विमान स्थलमा नियमित उडानका लागि आज नेपाल वायुसेवा निगम र तारा एयरको विमानले परीक्षण उडान गरेको छ ।
परीक्षणका लागि टीकापुर विमानस्थलमा नेपाल एयरलायन्सको विमानलाई लिएर क्याप्टेन मनिष विष्ट, म्यानेजर ज्ञानेन्द्र भूल इन्जिनियर सम्राट प्रधानसहित १२ जनाको टोली आएको थियो ।
प्रतिक्रिया