

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको पर्यटन मेलामा नेपालको पर्यटन प्रवद्र्धन गरिएको छ ।
अमेरिकाको लस एन्जलसमा यही फेब्रुअरी २२ र २३ मा सञ्चालित ‘एड्भेन्चर ट्राभल शो’ नेपाल पर्यटन बोर्डको नेतृत्वमा चार कम्पनीले सहभागिता जनाएका हुन् ।
मेलामा नेपाल ट्रेक एड्भेन्चर एन्ड एक्स्पिडिसन प्रालि, ओझा होलिडे टुर एन्ड ट्रेक्स प्रालि, फ्रेन्ड्स एड्भेन्चर टिम प्रालि र नेपाल सेन्चुरी ट्रेक्स प्रालिले सहभागिता जनाएका हुन् ।
नेपालको मनमोहक परिदृश्य, समृद्ध संस्कृति र रोमाञ्चकारी साहसिक कार्यका बारेमा मेलामा जानकारी गराइएको मेलामा सहभागी ट्रेक एड्भेन्चर एन्ड एक्स्पिडिसन प्रालिका सञ्चालक एवं ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वमहासचिव विनोद सापकोटाले जानकारी दिनुभयो ।
सन् २०२४ मा नेपाल घुम्न आएका पर्यटकमध्ये १० प्रतिशत अर्थात् एक लाख १२ हजार पर्यटक अमेरिकी नागरिक रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
दुई दिनसम्म सञ्चालित उक्त मेलामा नेपालसहित ब्राजिल, जापान, इन्डोनेसिया, भियतनाम, ताइवानलगायत देशका झण्डै १०० भन्दा बढी कक्ष राखिएका छन् ।
प्रतिक्रिया