

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत र संरचनागत सुधारलाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।
अमेरिकी चेन होटल बेस्ट वेस्टर्न प्लस काठमाडौँको बिहीबार काठमाडाैँमा उद्घाटन गर्दै मन्त्री पाण्डेले सरकारले पर्यटन र नागरिक उड्डयन क्षेत्रमा नीतिगत सहजीकरण गरिदिने भन्दै पर्यटकीय पूर्वाधारमा निजी क्षेत्रले उत्साहकासाथ लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।
पर्यटनमन्त्री पाण्डेले होटल पूर्वाधारमा एकपछि अर्को लगानी बढिरहेको र विभिन्न विदेशी ‘ब्रान्ड’हरु पनि क्रमशः नेपाल भित्रिरहेको भन्दै यसबाट नेपालको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सरकारले सन् २०२५ देखि २०३५ लाई भ्रमण दशकका रुपमा मनाएर वार्षिक ३५ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिइएको छ ।
नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्सनले नेपालको प्रर्यटन क्षेत्रको विकास प्रवद्र्धनमा अमेरिकी सरकारले समन्वय र सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपालको मनमोहक प्राकृतिक सौन्दर्यको भ्रमणका लागि उल्लेख्य सङ्ख्यामा अमेरिकी नागरिकहरु आइरहेको भन्दै लामो इतिहास बोकेको अमेरिकी चेन होटल वेष्ट वेष्टन प्लसको सञ्जालमार्फत नेपालमा आतिथ्यता उद्योगको विकासमा सहयोग पुग्ने बताउनुभयो । रासस
प्रतिक्रिया