logo
२४ माघ २०८१, बिहीबार

क्षेत्रीय पर्यटन प्रवर्द्धनबारे नयाँदिल्लीमा छलफल

क्षेत्रीय पर्यटन प्रवर्द्धनबारे नयाँदिल्लीमा छलफल

काठमाडौँ । नेपाल-चीन-भारतको त्रिदेशीय पर्यटन प्रवर्द्धनको रणनीति बनाउन भारतको नयाँदिल्लीमा सरोकारवालाबीच छलफल भएको छ ।

आगामी फागुन १२ देखि १४ सम्म पोखरामा आयोजना हुने ‘नेपाल-इन्डिया-चाइना’ एक्स्पो (नाइस) कार्यक्रमका लागि भारतमा सहकार्य तथा साझेदारीलाई सुदृढ बनाउन भारतका व्यवसायीसँग छलफल गरिएको प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले आइतवार विज्ञप्तिमार्फत जनाएको छ ।

पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडाल र भारतका लागिनाइससद्भावनादूत उपल मजुमदारले यही माघ २ गतेदेखि ४ सम्म नयाँदिल्लीमा भारतका प्रतिष्ठित पर्यटन संस्थाका प्रतिनिधिसँग नाइसलाई प्रभावकारी बनाउनेबारे छलफल गर्नुभएको थियो ।

गत डिसेम्बरमा चीनको प्रवर्द्धनात्मक भ्रमणपश्चात् भारतमा गरिएको यस सहकार्यले नाइस कार्यक्रममा सहभागी हुने क्रेताहरु र बिक्रेताबीच सम्बन्ध बिस्तार तथा पर्यटन व्यापार आदानप्रदानको खोज, स्थापना र विस्तारका गर्न प्रस्तुत कार्यक्रम एक महत्वपूर्ण मञ्चका रूपमा काम गर्ने अपेक्षा गरिएको प्रमुख कार्यकारी अधिकृत बुडालले बताउनुभयो ।

भारतमा अवस्थित सबै सम्मानित व्यक्तित्वहरू एवं सङ्घसंस्थाले क्षेत्रीय पर्यटनको प्रवर्द्धन, वृद्धि र सीमापार सहकार्यलाई बढावा दिने नेपालको पहललाई समर्थन गर्ने प्रतिबद्धता जनाएका थिए । रासस

 

ताजा अपडेट
TOP