logo
१० माघ २०८१, बिहीबार

धरहरा सञ्चालनको एक महिनामा ५५ लाखको टिकट बिक्री

धरहरा सञ्चालनको एक महिनामा ५५ लाखको टिकट बिक्री

काठमाडौँ । पुनःनिर्माण पश्चात धरहरा सशुल्क सञ्चालन भएको एक महिना पुगेको छ । यस अवधिमा प्रवेश शुल्क बापत् ५५ लाख रुपैयाँ सङ्कलन भएको छ ।

गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट सोमबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम सङ्कलन भएको हो ।

आयोजनाकाकामु निर्देशक प्रकाश अर्यालले प्रत्येक बुधबार धरहरा बन्द हुने र अन्य दिन दैनिक एक हजार दुई सयले धरहरा चढ्ने गरेको जानकारी दिनुभयो ।पछिल्लो समय छिमेकीमूलुकका पर्यटक पनि धरहरा अवलोकन गर्न आउने गरेको उहाँको भनाइ छ ।
धरहरा चढ्न प्रतिव्यक्ति दुई सय शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ ।सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति एक हजार शुल्क लिने गरिएकोछ ।
धरहरा परिसरमा पार्किङ गर्दा चार पाङ्ग्रे सवारीका लागि प्रतिघण्टा रु २० र दुई पाङ्गे्रलाई रु १० तोकिएको छ ।धरहरा परिसरमा प्रवेशका लागि रु ५० निर्धारण गरिएको छ ।
त्यस्तै, धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा पाँच हजार तोकिएको छ । व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार छ रुपैयाँनिर्धारण गरिएको छ ।

 

TOP