Image description

काठमाडौं । नेपाली कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय फैसला भएको छ। आज जिल्ला अदालत रौतहटमा न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको हो ।
रौतहटको राजपुरमा २०६४ चैतमा जिउँदै मानिसलाई इँटा भट्टामा हालेर हत्या गरेको आरोपमा उनलाई अदालतले सजाय सुनाएको हो।
अदालतले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई पनि जन्मकैदको सजाय सुनाएको छ ।