Image description

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आज बसेको १०औँ बैठकमा उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो । 

कुल ४० प्रदेशसभा सदस्य रहेको कर्णालीमा ३५ सदस्य उपस्थित हुनुहुन्थ्यो । उपस्थित २३ प्रदेशसभा सदस्यले मुख्यमन्त्री कँडेलको पक्षमा मतदान गर्नुभएको थियो । यस्तै १२ प्रदेशसभा सदस्यले उहाँको विपक्षमा मतदान गर्नुभएको थियो । एक सदस्य तटस्थ रहनुभयो ।

मुख्यमन्त्री कँडेलले विश्वासको मत प्राप्त गर्न सभासमक्ष राख्नुभएको प्रस्तावको पक्षमा जम्मा २३ मत परेको र उक्त सङ्ख्या प्रदेशभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत भएकाले सभामुख नन्दा गुरुङले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम राख्नुभएको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो ।

हाल कर्णाली प्रदेशसभामा नेपाली काँग्रेसका १४, नेकपा ९माओवादी केन्द्र० का १३, नेकपा ९एमाले० का १० तथा नेकपा ९एकीकृत समाजवादी०, राप्रपा र स्वतन्त्र एक एक गरी ४० सदस्य रहेका छन् । प्रदेशसभाको अर्को बैठक यही वैशाख १७ गते दिउसो ३ बजे बस्ने छ ।