Image description

नयाँ दिल्ली । भारतका झन्डै एक अर्ब मतदाताले मतदान गर्ने आम निर्वाचन शुक्रबारदेखि सुरु भएको छ । यस निर्वाचनमा लोकसभाका ५४५ सिटमध्ये ५४३ सिटका लागि मतदाताले मतदान गर्ने र बाँकी दुई राष्ट्रपतिले मनोनयन गर्नुहुने ब्यवस्था रहेको छ ।

वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालमा जाने निर्णय गरेको भारतीय जनता पार्टी र प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्वमा रहेको भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) को बीचमा प्रतिस्पर्धा हुँदै  छ ।

लोकसभाका लागि प्रत्येक पाँच वर्षमा निर्वाचन हुन्छ । पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत मतदाताहरूले एक उम्मेद्वारलाई भोट दिन्छन् र सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेद्ववारले चुनाव जित्छ । बहुमत सिट जित्ने दल वा गठबन्धनले सरकार बनाउँछ ।

 विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देशमा मतदान गर्नका लागि ९६ करोडभन्दा बढी मतदाता १० लाखभन्दा बढी मतदान केन्द्रमा मतदान गर्न योग्य रहेको अधिकारीहरूले बताएका छन् ।

निर्वाचनका लागि करिब १ करोड ५० लाख मतदान अधिकृत र सुरक्षाकर्मी खटाइने छन् । जुन १ सम्म ७ चरणमा हुने निर्वाचनको नतिजा जुन ४ मा सार्वजनिक हुनेछ ।

निर्वाचनसँग जोडिएको खर्च निकै ठूलो रहेको छ । दिल्लीस्थित ‘सेन्टर फर मिडिया स्टडिज’का अनुसार यस वर्षको आम चुनावमा १४ अर्ब ४० करोड भन्दाबढि अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ । रासस/सिन्ह्वा