Image description

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुका मूल्य बिहीबार पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला सात सयले उकालो लागेको छ ।

बिहीबार प्रतितोला एक लाख ३८ हजार छ सयमा कारोबार भएकामा बिहीबार लागि भने एक लाख ३९ हजार तीन सय मूल्य निर्धारण भएको छ ।

तेजाबी सुन बिहीबार तोलामा एक लाख ३७ हजार नौ सय ५० मा कारोबार भएकामा बिहीबारका लागि भने एक लाख ३८ हजार छ सय ५० निर्धारण भएको छ । त्यस्तै चाँदीको मूल्य भने सामान्य गिरावट भएको छ ।

बिहीबार प्रतितोला एक हजार सात सय २५ मा कारोबार भएकामा बिहीबारका लागि भने एक हजार सात सय २० निर्धारण भएको छ ।