Image description

काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । केही दिनयता मुलुकभर लागेको डढेलोका कारण काठमाडौँको वायु प्रदूषण बढेको हो ।

 ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार मंगलवार दिउँसो काठमाडौँ विश्वको पहिलो प्रदूषित सहरमा रुपमा सूचीकृत भएको छ । इन्डेक्सका अनुसार काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) दुई सय पुगेको छ ।

 वातावरण विभागका उपमहानिर्देशक तारादत्त भट्टले मुलुकभर लागेको डढेलोको असर काठमाडौँलगायतका सहरको वायूमा परेको बताउनुभयो । “केही साताअघि पनि काठमाडौँको वायु प्रदूषण बढेको थियो, आज थप प्रदूषण भएको छ”, उहाँले भन्नुभयो । उहाँले वन डढेलो नियन्त्रण नभएसम्म प्रदूषण पनि बढ्दै जाने बताउनुभयो ।

विपत व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार शुन्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १ सयसम्मको एक्युआइलाई होसियार रहुँ अथवा पहेँलो सङ्केत दिइन्छ । १ सय एकदेखि १५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ भने १५१ देखि २ सयसम्मको एक्युआइलाई पनि अस्वस्थकरका रुपमा लिइन्छ ।

त्यस्तै २०१ देखि तीन सय सयसम्मको अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने ३ सय एकदेखि ४ सयसम्मलाई खतरनाक र ४ सय एकदेखि ४५० सम्मलाई अति खतरा मानिन्छ ।

 काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआईको मान ३ सयभन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ ।

 यसप्रकारको विपद् रोक्नका लागि कार्य योजनामा फोहर जलाउने कार्य रोक्ने, सडक सफा गर्न ब्रुमर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानीअपनाउन सार्वजनिक सूचना जारी गर्न कार्य योजनामा उल्लेख छ ।

प्रमुख सहर, औँद्योगिक प्रतिष्ठानलगायत प्रदूषणको जोखिममा रहेका क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना र सञ्चालन गर्दै वायु, जल, ध्वनि गुणस्तरको नक्साङ्कन गरिने रणनीतिमा उल्लेख गरिएको छ ।