Image description

भरतपुर । प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।

 चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना मैदानमा मंगलवार भएको फाइनल खेलमा कोशी प्रदेशलाई पाँच विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो । उपाधिसँगै सुदूरपश्चिमले ट्रफी र स्वर्ण पदक प्राप्त ग¥यो ।

उपविजेता कोशी प्रदेशले ट्रफी र रजत पदक प्राप्त ग¥यो । विजेताहरुलाई समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका सांसद ईश्वर सापकोटाले पुरस्कार प्रदान गर्नुभयो ।

उक्त प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक सुदूरपश्चिमकी जानकी भट्ट हुनुभयो भने उत्कृष्ट बलर कोशी प्रदेशकी अलिशा खदिया र उत्कृष्ट ब्याटर सुदूरपश्चिमकी कप्तान बिन्दु रावल हुनुभयो ।

 फाइनलमा कोशीले दिएको ९३ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा ग¥यो । सुदूरपश्चिमको जितमा कप्तान बिन्दु रावलले ३८ रनको महत्वपूर्ण पारी खेल्नुभयो । उहाँले ४४ बलको सामना गर्दै तीन चौका र एक छक्का प्रहार गर्नुभयो ।

त्यस्तै लक्ष्मी साउदले अविजित १२, सावित्री धामीले १२, कविता कुवँरले ११ र रुबि पोदारले ११ रन बनाउनुभयो ।

बलिङतर्फ कोशी प्रदेशकी रुविना क्षेत्रीले २, सबनम राइ र सङ्गीता राइले समान एक–एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा सवै विकेट गुमाएर ९२ रन बनाएको थियो ।

यसका लागि अप्सरी बेगमले सर्वाधिक ३२ रनको पारी खेल्नुभयो । उहाँले २ चौका र एक छक्का प्रहार गर्नुभयो । कप्तान रुविना क्षेत्रीले १७ रन बनाउनुभयो ।

बलिङतर्फ सुदूरपश्चिमकी कविता जोशीले तीन तथा रितु कनौजिया र स्नेहा महराले समान २–२ विकेट लिनुभयो । कविता प्लेयर अफ दि म्याच हुनुभयो ।

 खेलकुद विकास परिषद् बागमतीको आयोजनामा प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ । रासस