Image description

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आजको बढोत्तरीपछि नयाँ रेकर्ड कायम भएको हो ।

 नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला १ लाख ३१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन बुधवार प्रतितोला एक हजार आठ सयले बढेर १  लाख ३३ हजार तय भएको हो ।

 यस्तै, तेजावी सुन तोलमा मङ्गलबार प्रतितोला  १ लाख ३० हजार ५ सयमा कारोबार भएकामा आजका लागि भने  १ लाख ३२ हजार ३५० निर्धारण भएको छ । चाँदीको मूल्य पनि उकालो लागेको छ ।

 मङ्गलबार प्रतितोला १ हजार ५४५ मा कारोबार भएको चाँदी आजका लागि भने  ६५ रुपैयाँले बढेर  १ हजार ६१० बराबरको मूल्य निर्धारण भएको छ ।