Image description

अलअरिस-इजिप्ट ।  संयुक्त अरब इमिरेट्सले ’अपरेसन चिभालरस नाइट–३’ मार्फत प्यालेस्टिनी जनताका लागि युएईको निरन्तर मानवीय सहयोगको अर्को अंशको रूपमा गाजाका महिला तथा बालबालिका लागि तयार पारिएको सहायता प्याकेजहरू प्रदान गरेको छ ।

एमिरेट्स रेड क्रिसेन्ट (ईआरसी) का महासचिव हमौद अब्दुल्लाह अल जुनैबीले बालबालिका तथा महिलाहरूका आधारभूत आवश्यकता पूरा गर्न सहायता प्याकेज तयार गर्न सहयोग प्रक्रिया चिवालरस नाइट–३ चलिरहेको जनाउनु भएको छ ।

सहायता प्याकेजहरूले मानवीय राहत प्रयासहरू उत्तरी क्षेत्र केन्द्रित गर्दै गाजा पट्टीमा पठाइएको खाद्य सहायताले पीडितको जीवन जिउन सहजता प्रदान गर्ने उहाँले बताउनु भयो ।

 एमिरेट्स न्यूज एजेन्सी (डब्लुएएम) सँग कुरा गर्दै अल जुनैबीले सहायता वितरण गाजामा मानवीय सहायताका लागि युएईले सुरु गरेको राहतको अर्को अंश भएको उल्लेख गर्नु भयो । यो सहायता बिमानबाट खाद्यान्न झार्ने र रफाहा सीमाबाट प्रवेश गर्नेछ ।

अल जुनैबीले आवश्यक राहत तथा खाद्य प्रावधान उपलब्ध गराई प्यालेस्टिनीहरू, विशेष गरी महिला र बालबालिकालाई सहयोग गर्ने युएईको प्रतिबद्धतालाई दोहोरयाउनु भयो । उहाँले विशेष सहायता प्याकेजहरू व्यापक राहत सहित प्रदान गरिएको बताउँदै यसमा अत्यावश्यक वस्तुहरू समावेश भएको जनाउनु भयो ।

 गाजामा सहायताले असहज समयमा प्यालेस्टिनी जनतासँगका सुख दुःखमा सहयात्रा गर्न युएई नेतृत्वको निर्देशनलाई प्रतिबिम्बित गर्दै यो प्रयासले विश्वव्यापी नेतृत्व तथा उद्धारशिलता प्रदर्शन गरिरहेको छ ।

 अल जुनैबीले गाजा नागरिकलाई इदको लुगा उपलब्ध गराउने योजना चलिरहेको उल्लेख गर्दै राज्य संस्थाले प्यालेस्टिनी जनतालाई निरन्तर आवश्यक मानवीय सहयोग प्रदान गर्ने काम गरिरहेको जनाउनु भयो । रासस/ एएनआई