Image description

काठमाडौँ । पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले वृद्धि भएको छ । सोमबारदेखि वृद्धि हुने मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य रु १७५ पुगेको हो ।

 नेपाल आयाल निगम लिमिटेडको सञ्चालक समितिको आइतवारको निर्णयअनुसार सोमबारदेखि नयाँ मूल्य लागू हुनेछ । निगमले नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ ७६ पैसाले बढेर आएको हो ।

निगमले अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् रहेको निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको प्रतिलिटर मूल्य १७२ रुपैयाँ ५० पैसा रहेको छ ।

यस्तै, दोस्रो वर्ग अन्तर्गतका काठमाडौँ, पोखरा र दिपायल जिल्लामा प्रतिलिटर १७४ रुपैयाँ मूल्य कायम गरिएको छ ।