Image description

काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार पनि उच्च अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ४६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २६ दशमलव २३ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ३६ अङ्कले ओरालो लागेर तीन सय ५२ दशमलव ३९ मा सीमित भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज एक उपसमूहको शेयर मूल्य उकालो लाग्दा १२ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।