Image description

काठमाडौँ  । राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ ।

राष्ट्रियसभाको मंगलबार बसेको दोस्रो बैठकमा सांसद प्रकाश पन्थले पेश गर्नुभएको ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

राष्ट्रियसभाबाट उत्पत्ति भएको यो विधेयक अब प्रतिनिधिसभामा जानेछ ।

राष्ट्रियसभाको अर्को बैठक कात्तिक १६ गते बिहीबार अपराह्न एक बजे बस्नेछ ।