Image description

सुर्खेत । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले  अप्ठ्यारो समयमा कांग्रेसले निकास दिँदैआएको बताउनुभएको छ । यसका लागि इतिहास साँची रहेको उहाँको भनाइ थियो ।

नेपाली कांग्रेस जाजरकोटको जिल्ला सम्मेलनको उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री खड्काले देश आर्थिकरुपमा समस्यामा रहेको बताउनुभयो ।

विश्वको अन्य मुलुकमा द्वन्द्व हुँदा त्यसको असर नेपालको अर्थतन्त्रमा पर्ने गरेको उहाँको भनाइ थियो ।

धर्म, जातजाति तथा विभिन्न बहानामा संविधानमाथि हमला हुन थालेको उल्लेख गर्दै उपप्रधानमन्त्री खड्काले यसको प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।

ऋण लिएर विकास निर्माणका काम गर्नुपरेको बताउँदै उपप्रधानमन्त्री खड्काले सबै पक्ष सकारात्मक रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो ।