Image description

माराकेश, मोरक्काे । विश्व बैंकका प्रमुख अर्थशास्त्रीले ब्याजदर वृद्धिले कर्जा व्यवस्थापनका लागि सङ्घर्षरत देशहरूलाई समस्यामा पार्न सक्ने चेतावनी दिएका छन् ।
 
विगत केही महिनाहरूमा अमेरिकी फेडरल रिजर्भ, युरोपियन सेन्ट्रल बैंक र विश्वव्यापीरूपमा  राष्ट्रिय बैङ्कहरूले पनि उच्च मुद्रास्फीतिलाई कम गर्नको लागि दरहरू बढाउँदै यो वृद्धि सामान्य अपेक्षाभन्दा धेरै समयसम्म लम्बिन सक्ने चेतावनी दिएका छन् । 

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले कोभिड–१९, युक्रेनमा जारी युद्ध र जीवनयापनको लागतको सङ्कटका बाबजुद पनि विश्व अर्थतन्त्र लचिलो रहेको बताएको छ ।

मोरक्कोको माराकेशमा आयोजित आईएमएफ–विश्व बैंकको वार्षिक बैठकका क्रममा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “अहिले समस्या के छ भने तपाईले उल्लेख गर्नुभएको उच्च ब्याजदर र यसका कारण देखिएको आर्थिक वृद्धिदर निकै सुस्त भइरहेको छ ।”

गिलले सन् १९७० को दशकमा उच्च ब्याजदरको अर्को लामो अवधिमा करिब २४ वटा अर्थतन्त्र सङ्कटग्रस्त स्मरण गर्नुभयो ।

विश्व बैंकका अध्यक्ष अजय बङ्गाले मुद्रास्फिति घट्न थालेकोमा कुनै शङ्का नरहेको तर यो दर अझै उच्च रहने बताउनु भएको छ । (रासस/एएफपी)