Image description

सुर्खेत । बझाङमा बुधबारराती पुनः भूकम्प गएकाे छ।

मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर गएराति १२ बजेर २२ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पविद् डा शिव सुवेदीले बुधबार राति सदरमुकाम चैनपुरबाट ५.३ किलोमिटर टाढा भातेखोला केन्द्र भएर सो म्याग्निच्युटको भूकम्प गएको बताउनुभयाे ।

उहाँका अनुसार बझाङमा गत मङ्गलबार यता पटक पटक भूकम्पको परकम्प गएका छन् ।

गत मङ्गलबार पनि भातेखोला केन्द्र बनाएर भूकम्प जाँदा एक जनाको निधन र २० जना घाइते भएका थिए ।

साथै भौतिक संरचनामा क्षति समेत पुगेको थियो । अहिले स्थानीय खुला चौरमा जम्मा भएका छन् ।

सुतेको बेलामा भूकम्पको धक्का आएपछि भागदौडको स्थिति आएको खप्तडछान्ना गाउँपालिका-५ का राजेश कार्कीले बताउनुभयो ।