Image description

अबुजा । पछिल्लो साता नाइजेरियाली सेनाले मुलुकको उत्तरी क्षेत्रमा गरेको थुप्रै कारवाहीमा ३१ बन्दुकधारी मारिएको एक अधिकारीले बताएका छन् ।

कारवाहीमा अन्य ८१ जनालाई पक्राउ गरिएको सैनिक प्रवक्ता एडवार्ड बुबाले बताउनुभयो ।

एक सातामा नाइजेरियाली सेनाद्वारा ३१ बन्दुकधारी मारिएउहाँका अनुसार आतङ्ककारी समूह बोको हराम नाइजेरियाको उत्तरपूर्वी भागमा रहेको इस्लामिक स्टेट्स वेस्ट अफ्रिका प्रुभिन्सले बन्धक बनाएका कम्तीमा १० जनालाई सेनाले मुक्त गरेको छ ।

“मुलुकलाई सुरक्षित पार्ने अन्तिम लक्ष्यका साथ सेनाले आफ्ना कारवाहीबाट विद्रोह र आतङ्कवादको प्रभावविरुद्ध आफ्नो विजयी अभियानलाई जारी राख्नेछ”, उहाँले भन्नुभयो ।

नाइजेरियाको उत्तरी र मध्य क्षेत्रहरूमा सशस्त्र हमला प्रमुख सुरक्षा खतरा भएको छ । (रासस/सिन्ह्वा)