Image description

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार परिवर्तनको सम्भावमा नरहेको बताउनुभएको छ ।

समाजवादी जागरण अभियानअन्तर्गत शुक्रबार आयोजना गरिएको कार्यक्रममा उहाँले प्रतिगमनकारीको योजनाबाट देशलाई बचाउन गठबन्धनको सरकार चल्नुपर्ने बताउनुभयो ।

जनताको आधारभूत आवश्यकता पूरा गर्दै उनीहरूका समस्या समाधान गर्न सरकार लाग्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले सकारात्मक सोच राखेर जनताको निरासालाई चिर्नुपर्ने बताउनुभयो ।

जनताको त्याग र बलिदानीबाट प्राप्त उपलब्धि रक्षाका लागि नेकपा (एस) अघि आएको बताउँदै अध्यक्ष नेपालले जनताको आशा र भरोसा टुट्न नदिने बताउनुभयो ।

महासचिव घनश्याम भुसालले देशमा मुख्य सङ्कट भनेको गरिबी र रोजगारीको रहेको बताउँदै यस्ता सङ्कट समाधान गर्न सबैको सहयोग आवश्यक हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेकपा (एस)का नेता झलनाथ खनाल, रामकुमारी झाँक्रीलगायतको सहभागिता थियो ।