Image description

काठमाडौँ । विगत पाँच दिनदेखिको लगातार झरीपछि बिहीबारदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार आएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारदेखि मौसम सुधार हुँदै गएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले अब मौसममा सुधार हुँदै जाने बताउनुभयो ।

“मौसम विस्तारै सुधार हुँदै गएको छ । देशको पूर्वी भेगमा न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ, उक्त प्रणाली उत्तर पश्चिमतर्फ सर्ने क्रममा रहेकाले त्यो पनि विस्तारै कमजोर हुने देखिन्छ । भारतको सिक्किम आसपास र बङ्गलादेशतिर यसले असर गर्ने देखिन्छ”, उहाँले भन्नुभयो ।

मौसमविद् झाका अनुसार कोशी प्रदेशमा आज बाक्लो बादल लागको छ । अन्य भेगमा सामान्यतया मौसम सफा छ ।

अबको दुई तीन दिनलाई हल्का वर्षाको सम्भावना रहे पनि भारी वर्षाको सम्भावना नरहेको उहाँले बताउनुभयाे ।

महाशाखाको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनमा अहिले कोशी र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा छ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ ।