Image description

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य पदमा आठ जनालाई मनोनयन गर्नुभएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले कांग्रेस विधान, १०१७ (संशोधनसहित)को धारा २१ को उपधारा १० बमोजिम आठ जनालाई सभापति देउवाले कार्यसमिति सदस्यमा मनोनयन गर्नुभएको हो ।

मनोनयन हुनेहरुमा मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, डा. चन्द्र भण्डारी, शिवप्रसाद हुमागाई, किरणराज शर्मा पौडेल, भरतकुमार शाह, शारदा पौडेल र अनिलकुमार रुंगटा हुनुहुन्छ ।