Image description

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री तथा सङ्घीय सांसद विश्वप्रकाश शर्माले कांग्रेस नयाँ ढङ्गले अगाडि बढ्ने क्रममा रहेको बताउनुभएको छ ।

जिल्ला प्रशिक्षण शाखा नेपाली कांग्रेस सिन्धुलीले बुधबार सिन्धुलीमाडीमा आयोजना गरेको ‘बिपीको प्रजातान्त्रिक समाजवाद : अभ्यास, चुनौती र सम्भावनाहरू’ विषयक अभिमुखीकरण कार्यक्रममा उहाँले कांग्रेस रूपान्तरित हुँदै गएको बताउनुभयो ।

देश रूपान्तरणका लागि कांग्रेसका १५ वर्षे योजना तथा लक्ष्यका बारेमा प्रष्ट्याउँदै उहाँले सबै नेपालीले आत्मसम्मानका साथ बाँच्न पाउने देश निर्माणमा कांग्रेस जुटेको बताउनुभयाे ।