Image description

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आधा आकाश ढाक्ने महिलाको संसद्मा प्रतिनिधित्व भए पनि सरकारमा महिलाको प्रतिनिधित्व कम हुनु दुर्भाग्य भएको बताउनुभएको छ ।

नेपाल ब्युटिसियन सङ्घले बुधबार भक्तपुरको चाँगुनारायणमा आयोजना गरेको अनाथ बालबालिका सहयोग कार्यक्रममा अब बन्ने प्रत्येक सरकारमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित हुनुपर्ने व्यवस्था कानूनमा लेखिनुपर्ने बताउनुभयो ।

चुप लागेर बस्दैमा अधिकार नपाइने भन्दै उहाँले महिलाको समान अधिकारका लागि सबै एकजुट भएर आवाज उठाउनुपर्ने उहाँले बताउनुभयाे ।

अब निर्वाचनअगावै महिलाले आफ्नो प्रतिनिधित्वका लागि आन्दोलनमा उत्रनुको विकल्प नभएको भन्दै उहाँले सरकारमा हुने प्रतिनिधित्वलाई महिलाको ३३ प्रतिशत पु¥याउन पनि आन्दोलन नै गर्नुपर्ने बताउनुभयो । 

देशमा बेरोजगारीको सङ्ख्या दिनानुदिन बढ्दै गएको उल्लेख गर्दै उहाँले प्रत्येक वर्ष चार लाख ९० हजारभन्दा बढी बेरोजगार देशमा बढिरहेको बताउनुभयो ।