Image description

काठमाडाैँ ।  कोशी प्रदेशका प्रदेश प्रमुख पशुराम खापुङ्गले हिक्मतकुमार कार्कीलाई शनिबार साँझ प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको छ । उहाँलाई शनिबार नै प्रदेश प्रमुख खापुङ्गले शपथ ग्रहण गराउनुभएको छ ।

प्रमुख खापुङ्गले मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुखको कार्यालयमा नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरी पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो ।

यसैगरी उहाँले मुख्यमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद् गठनका लागि  नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम तिलकुमार मेन्याङ्वो (लिम्वु)लाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री, पाँच कर्ण राईलाई पर्यटन, वन तथा वातावरण र उद्योग, कृषि तथा सहकारी मन्त्री, एकराज कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री र सिर्जना राईलार्ई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गर्न सिफारिश गर्नुभएको छ ।

प्रदेश प्रमुख खापुङ्गले मेन्याङ्वो, राई र कार्कीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभयो ।

यसैगरी मुख्यमन्त्री कार्की राज्यमन्त्री राईलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभयो ।

शपथ ग्रहण समारोहमा प्रदेशका निवर्तमान मुख्यमन्त्री उद्धव थापा, प्रदेशसभा सदस्य, प्रदेश सरकार अन्तर्गतका कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनैतिक दलका नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।