logo
२ चैत्र २०८१, शनिबार

समुदाय-आधारित समाजवाद मुख्य कार्यदिशा : प्रचण्ड

समुदाय-आधारित समाजवाद मुख्य कार्यदिशा : प्रचण्ड

बीरेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीले समुदायमा आधारित समाजवादलाई अहिले मुख्य कार्यदिशा बनाएको बताउनुभयो ।

माओवादी केन्द्र कर्णाली प्रदेशले आयोजना गरेको बैठकलाई सम्बोधन गर्दै मंगलवार उहाँले पार्टीले जितेका स्थानीय तहमा कार्यदिशाअनुसार कार्यक्रम लागू गर्ने प्रयासमा लाग्न निर्देशन दिनुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले सरकारले ल्याएको अध्यादेश सदनलाई अवमूल्यन गरेर ल्याइएकाले पारित हुने स्थिति नरहेको बताउनुभयो । अध्यादेशका वारेमा उहाँले भन्नुभयो, “सरकारले सदनलाई अवमूल्यन गरेर अध्यादेश ल्यायो, त्यो गलत थियो । यसलाई अस्वीकार गरेका छौँ । बहुमतले पेलेर जान सक्ने अवस्थामा सरकार छैन ।”

माओवादी केन्द्रको ध्यान हाल सरकारतिर नरहेको बताउँदै अध्यक्ष दाहालले गलत कार्य भने हेरेर नबस्ने स्पष्ट पार्नुभयो ।

एक अर्को प्रसङ्गमा उहाँले पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेकाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग पार्टी एकताका कुरा भइरहेको बताउनुभयो । रासस

TOP