logo
३० माघ २०८१, बुधबार

‘भ्रष्ट्राचारको अन्त्य-अबको राजनीतिक मुद्दा हुन्छ’

‘भ्रष्ट्राचारको अन्त्य-अबको राजनीतिक मुद्दा हुन्छ’

बेनी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्ट्राचारकै कारण नेपालमा आर्थिक सङ्कट देखिएको बताउनुभएको छ ।

माओवादी केन्द्र म्याग्दीले मंगलवार बेनीमा आयोजना गरेको खबरदारी सभामा उहाँले नेपालको आर्थिक, सामाजिक र भौतिक विकासको बाधकका रूपमा रहेको भ्रष्ट्राचारको अन्त्य अबको राजनीतिक मुद्दा भएको बताउनुभयो ।

देशलाई आर्थिक सङ्कटबाट मुक्त बनाउन भ्रष्ट्राचारविरुद्धको लडाइमा जनताको साथ आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ थियो । पूर्वप्रधानमन्त्री दाहालले पछिल्लो पटक आफूले सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र सम्बृद्धिका पक्षमा काम गरेर जनतामा आशा र विश्वास जगाउने प्रयत्न गरेको धारणा राख्नुभयो ।

अध्यक्ष दाहालले विगतका कमजोरीलाई सच्चाएर जनताको पक्षमा दृढतापूर्वक उभिने अभियान सुरु गरिएको र विभाजित माओवादीलाई एकैठाउँमा ल्याउने काम अन्तिम चरणमा पुगेको बताउनुभयो । रासस

TOP