logo
२४ माघ २०८१, बिहीबार

समृद्धिको आकाङ्क्षा पूरा गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलीः राष्ट्रपति

समृद्धिको आकाङ्क्षा पूरा गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलीः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहितप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ ।

सहिद दिवसका अवसरमा आज शुभकामना दिनुहुँदै उहाँले महान् सहिदहरूको बलिदानद्वारा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने तर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको हो ।

वीर सहिदहरूले गरेका बलिदानको उच्च मूल्याङ्कन गर्दै सहिदको आकाङ्क्षालाई साकार बनाउन हामी सबैले आ-आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्नमा यस दिवसले थप प्रेरणा प्रदान गर्ने उहाँको भनाइ छ ।

ताजा अपडेट
TOP