

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रले जनतालाई वास्तविक अर्थमा जनार्दन बनाएको बताउनुभएको छ ।
जिल्ला समन्वय समिति महासङ्घको ३०औँ स्थापना दिवसका अवसरमा शुक्रबार चन्द्रागिरिमा आयोजित कार्यक्रममा उहाँले संविधानको प्रभावकारी कार्यान्वयनका लागि यसको वस्तुगत समीक्षा र परिमार्जनका लागि छलफल अघि बढाउन प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
नयाँ संविधान जारी भएसँगै सङ्घ, प्रदेश र स्थानीय तहको दुईपटक चुनाव सम्पन्न भइसकेको बताउँदै उहाँले दोस्रोपटक तीनै तहको निर्वाचन सम्पन्न भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै गएको उल्लेख गर्नुभयो ।
तीन तहका सरकारका कार्यालयहरूबीच समन्वय गर्न जिल्ला समन्वय समितिको भूमिका रहने बताउँनुभयाे ।
उहाँले विकासका कार्यमा सुशासनसहित समावेशिता, सहभागिता, पारदर्शिता, क्षेत्रगत एवं पर्यावरणीय सन्तुलनजस्ता उपलब्धि हासिल गर्न समन्वय समितिको ध्यान जानुपर्ने आवश्यकता रहेकाे बताउनुभयाे ।
पालिकाहरूबीचको विवादमा समन्वयकारी भूमिका निर्वाह गरी समस्या समाधान गर्ने दायित्व पनि जिल्ला समन्वय समितिको भएको उहाँको भनाइ थियो ।
प्रतिक्रिया