logo
२ जेष्ठ २०८२, शुक्रबार

राष्ट्रलाई नकारात्मक प्रभाव पार्ने ऋण लिनु हुँदैन : सभापति देउवा

राष्ट्रलाई नकारात्मक प्रभाव पार्ने ऋण लिनु हुँदैन : सभापति देउवा

ललितपुर। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रलाई नकारात्मक प्रभाव पार्ने ऋण लिन नहुने बताउनुभएको छ ।

पार्टीको आर्थिक नीति तथा योजना विभागद्वारा बुधवार केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘नेपालमा वैदेशिक सहयोगको अर्थराजनीति’ विषयक संवाद गोष्ठीमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले कुनै पनि देशबाट ऋण लिँदा देशलाई नकारात्मक भारमा नपर्नेगरी लिनुपर्नेमा जोड दिनुभएको हो ।

सभापति देउवाले भन्नुभयो,“हाम्रो देश-भारत र चीनको बीचमा छ, त्यसको असर पनि हामीलाई पर्दछ”, । व्यापार गर्ने र उद्योग खोल्ने काम सरकारको नभएको उहाँको भनाइ छ ।

कार्यक्रममामहामन्त्री गगनकुमार थापाले देशको आर्थिक नीतिका विषयमा पार्टीभित्रको छलफललाई बृहत् बनाउँदै नीतिगत व्यवस्थाका लागि सबै राजनीतिक दलहरु र संसदमा बहस चलाइने बताउनुभयो ।

आर्थिक नीति तथा योजना विभागका प्रमुख एवं पार्टीका केन्द्रीय सदस्य प्राध्यापक डाक्टर गोविन्दराज पोखरेलले वैदेशिक सहयोगको अवस्था विश्लेषण गर्दै हाल नेपालमा वैदेशिक ऋण एक हजार दुई सय ५३ अर्बहाराहारीमा रहेको जानकारी गराउनुभयो ।रासस

TOP