

काठमाडौं । नेकपा माओवादी केन्द्रले सत्ता फर्काउने अनेकन कसरत जारी राखेको छ । संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सात बुँदे सहमतिको जगमा बनेको वर्तमान केपी ओली नेतृत्वको सरकार गिराएर आफु सत्तामा पुग्ने योजनामा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अनेकन एजेण्डा लिएर भौतारिइरहेको देखिन्छ ।
केपी ओली नेतृत्वको सरका ढालेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र आफु सत्तामा सहयात्रा गर्ने प्रचण्डको योजना अहिले नै सफल भइहाल्छ भन्ने अवस्था छैन् । यद्यपी उनले यो प्रयासलाई जारी राख्नुभएको छ ।
संसदका रहेको आफ्नो ३२ सिटलाई सरकार निर्माणको ‘म्याजिक नम्बर’ भएको दावी गर्ने दाहालको सत्ता बाहिरको विगत ६ महिना निकै सकसपूर्ण अवस्थामा वितेको राजनीतिकबृत्तमा बहस भइरहेको छ । एकातिर आफुलाई सत्ता नचाहिएको भन्ने र अर्कोतिर कुनै हालतमा सरकार भत्काउने र आफु सत्तामा पुग्ने दोहोरो चरित्रलाई निरन्तर प्रदर्शन गर्दै आएका उनले ओली नेतृत्वको सरकारको आयु लामो नभएको जिकीर गर्दै आउनुभएको छ।
अध्यक्ष दाहाल भन्नुहुन्छ, ‘अहिले जसरी सरकार चलिहरेको छ, त्यसले पनि सरकारको आयु झन् छोट्याइरहेको छ । अप्राकृतिक, अलोकतान्त्रिक र असंवैधानिक भनिसकेपछि त्यो सरकार रहिराखोस् भन्ने हाम्रो चाहना, हाम्रो उद्देश्य हैन हुँदैन ।’ सरकार अप्राकृतिक गठबन्धनबाट बनेको, सत्ता साझेदार कांग्रेसभित्रै असन्तुष्टि रहेको र अलोकप्रिय काम गरेकाले ढल्ने निश्चित भएको उहाँले जिकीर गर्छनुभएको छ ।
प्रचण्डले केही समयअघि वर्तमान सरकार गठनका क्रममा राष्ट्रपति रामचन्द्र पौडेललाई ठुलो दबाब परेको समेत बताउनुभएको थियो । गत असार १७ गते मध्यरातमा एमालेसँग भएको सात बुँदे सहमतिअनुसार बनेको सरकारले सहमति अनुसारका काम गर्न नसकेको भन्दै प्रमुख सत्तारुढ घटक कांग्रेसकै कतिपय नेताहरु सन्तुष्ट नरहेको उहाँको भनाइ छ ।
सरकार सम्बद्ध दलका नेताहरुबीचको सम्बन्धमा अझै खटपटी ल्याएर सत्ता सहकार्य तोड्ने अवस्थासम्म पुर्याउने कसरतमा नेकपा माओवादी केन्द्रसहित प्रतिपक्षी दलको नेताहरु लागि परेका छन । यद्यपी उक्त असन्तुष्टि सरकारको काम प्रभावकारी बनाउन र राजनीतिक स्थिरताका लागी भएको काँग्रेसका नेताहरुको भनाइ छ ।
सत्ताको मुख्य सहयात्री दल नेपाली कांग्रेसका नेताहरुले सरकारको कामप्रति टिप्पणी गर्ने, सरकारमा सहभागि नेताहरुलाई सच्चिन दवाब दिने र दुई दलबीच भएको सहमति अनुसार राजनीतिक स्थिरताका लागी यही सरकारलाई सफल बनाउनुको विकल्प नरहेको नेपाली कांग्रेसका नेताले बताउँदै आएकाछन् ।
प्रतिक्रिया